काठमाडौं / प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत अन्य विपक्षी दललाई मात्रै बोल्न दिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क राईले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, ‘हामीलाई हेप्ने ? रोस्ट्रममा बोल्न प्रयोग गरेर किन बोल्न नदिएको ?’
उनले सार्वभौम संसदमा विभेद भएको आरोप लगाउँदै कडा आपत्ति जनाए। राईले थपे, ‘यदि हामीलाई कुनै कारबाही भएको हो भने त्यसबारे जानकारी दिनुपर्छ। होइन भने हामीलाई हेप्ने काम हुनु हुँदैन।’ सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई पटक–पटक सम्झाउने प्रयास गरे पनि उनी शान्त हुन सकेनन्। सभामुख अर्यालले भने, राईले प्रयोग गरेका केही शब्दहरू आपत्तिजनक भएकाले आफ्नो ध्यानाकर्षण भएको बताए ।
त्यसैबीच, श्रम संस्कृति पार्टीका सांसदहरूको व्यवहारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पनि आपत्ति जनाएकी छन् । सभामुखले उक्त गतिविधि संसदीय मर्यादाविपरीत भएको उल्लेख गर्दै उनीहरूलाई बोल्न नदिई सदनको कार्यवाही अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरू वेल घेर्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस