काठमाडौ / नेकपा एमालेले प्रतिनिधिसभामा उठेको पछिल्लो विवादबारे प्रधानमन्त्रीले नै स्पष्टिकरण दिनुपर्ने र प्रधानमन्त्रीले जवाफ नदिदा सम्म सदन अगाढी बढ्न नसक्ने प्रष्ट पारे । एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको संसद् बैठकमा बोल्दै परराष्ट्रमन्त्रीको जवाफ पर्याप्त नहुने भन्दै सरकार प्रमुखको जवाफ आवश्यक रहेको धारणा राखे ।
थापाले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण सदनमा गम्भीर संकट उत्पन्न भएको दाबी गर्दै त्यसको राजनीतिक तथा कूटनीतिक असरबारे स्पष्टता चाहिने बताए । उनका अनुसार, ‘संकट प्रधानमन्त्रीकै अभिव्यक्तिबाट सुरु भएको’ भन्दै यसको समाधान नहुँदासम्म देशको गरिमाका लागि संघर्ष जारी रहने चेतावनी पनि दिए ।
उनले घटनाक्रमलाई विभिन्न राजनीतिक प्रसंगसँग जोड्दै थप टिप्पणी गर्दै भने कि संसद् विघटन, नयाँ सरकार गठन र विगतका राजनीतिक सम्झौतासम्बन्धी विषयहरू समेत यस विवादसँग सम्बन्धित रूपमा उठिरहेका छन् । थापाले पूर्व गृहमन्त्री रवि लामिछानेको विदेश भ्रमण र त्यसअघि भएको भनिएको राजनीतिक अभिव्यक्तिलाई पनि सन्दर्भका रूपमा उल्लेख गरे।
त्यसैगरी, उनले तत्कालीन नेतृत्व तहमा भएको भनिएको ‘उच्चस्तरीय राजनीतिक संवाद र सम्झौता’ सम्बन्धी पुराना खुलासाहरूलाई समेत जोड्दै वर्तमान संकटको स्रोतबारे प्रश्न उठाए ।
एमाले नेताको भनाइ अनुसार, अहिलेको परिस्थितिबाट बाहिर निस्कन प्रधानमन्त्रीको स्पष्टिकरण, संसद्को रेकर्ड सम्बन्धी निर्णय वा सम्बन्धित नेताहरूको सार्वजनिक स्पष्टीकरणमध्ये कुनै न कुनै कदम आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस