२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोमाञ्चक खेलमा पोखराविरुद्ध सुदूरपश्चिम ५ रनले विजयी, प्लेअफमा स्थान सुरक्षित

आइतवार , मंसिर ३०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदुरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा मात्र बनायाे ।

पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए ।

बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

सुदूरपश्चिमका आरिफ शेख ४२ रनमा अविजित रहे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे । ईशान पाण्डेले १० रन बनाए ।

पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए । माइकल लिस्क, रेमोन रिफर र सागर ढकालले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट