२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लिग चरणको अन्तिम खेलमा कर्णालीसँग सुदूरपश्चिम ६ विकेटले विजयी

सोमवार , पौष १, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई सुदूरपश्चिम रोयल्सले ६ विकेटले पराजित गरेको छ ।

लिगचरणको अन्तिम खेलमा हारका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा गएको छ । रनरेटमा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ ।

योसँगै अब कर्णालीले प्लेअफमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।

७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे ।

निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै कर्णाली १०१ रन बनायो । कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट