logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

    बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

    315
    Shares
    बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।

    सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए ।

    उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गरे । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताए । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधानको लागि निरन्तर प्रयास गरिरहेको बताए ।

    उनले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताए । अर्थमन्त्री पौडलले सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरु चाल्दै गएको जानकारी दिए । उनले अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरु सरकारले गरेका कामको परिणामबाट आएको दाबी गरे ।

    अर्थमन्त्री पौडेलले राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताए । उनले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केही मात्रामा बढेको उल्लेख गरे ।

    उनले भने, ‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरु चाल्दैछ । अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ ।

    राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केही मात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने, रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं ।

    सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरु सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई सरकारले तिब्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसक्छौं । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं । समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’

    अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend