२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू–१९ क्रिकेट : नेपालले हङकङलाई हरायो

सोमवार , पौष १, २०८१

काठमाडौं । काठमाडौमा भएको यू–१९ खेलमा नेपालले हङकङलाई हराएको छ । हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटाएको हो ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ ।

हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९/९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २ र बनाए ।

हङकङका डानियल म्यापले ४ तथा थोम्स अलेक्जेन्डर फुजेस, शायन पुरी र ह्यारी होडसनले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । हङकङका लागि अब्दुल समादले अविजित ५० रन बनाए । कप्तान शिव माथुरले २० र प्रीत मंगुकियाले ११ रन बनाए ।

नेपालका सन्तोष यादवले ४ र दयानन्द मण्डलले २ विकेट लिए ।

त्यस्तै, कप्तान अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान एक/एक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट