logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सम्झौता

    दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सम्झौता

    91
    Shares
    दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सम्झौता

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

    काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

    निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरागर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाईएको छ ।

    चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउने छ । राष्ट्रसंघीय एजेन्सीसंग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

    युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पुरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसंग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको उनले बताए ।

    निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तन विरुद्ध चेम्बरसंग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend