२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

रवि पत्नी निकिताले भनिन् : 'हामीमाथि मिडिया ट्रायल भयो, ४ करोडमा किनेको घरको किस्ता अझै तिर्दैछु'

मंगलवार , पौष २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूहरुमाथि मिडिया ट्रायल भएको बताएकी छन् ।

आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाउँदै उनले यस्तो बताएकी हुन् ।

सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको बताएकी छन् ।

उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? ’

यस्तो छ पौडेलको स्टाटस : 

आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।'

मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।'

बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।

मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट