२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

भूमि मन्त्रालयको डिजिटल फड्को : सहकारीदेखि नापी–मालपोतसम्मका सेवा र प्रगति अब एकै क्लिकमा

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सेवा प्रवाहलाई थप पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइटमा एकीकृत डिजिटल ड्यासबोर्ड सार्वजनिक गरेको छ।

नयाँ ड्यासबोर्डमार्फत मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख कार्यक्रम, सेवा तथा कार्यप्रगतिको अद्यावधिक विवरण नागरिकले एकै स्थानबाट सहज रूपमा हेर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

0f14bad4-bb69-4643-971d-40434a7ee95a.jpg

ड्यासबोर्डमा समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता र ऋण असुलीको अवस्था, सुकुम्बासीलाई लालपुर्जा वितरणको प्रगति, स्थानीय तहबाट प्रवाह भइरहेको नापी तथा मालपोत सेवा, सहकारी अनुगमनका गतिविधि तथा निजामती अस्पताल सेवा प्रदेशस्तरमा विस्तारसम्बन्धी विवरण समावेश गरिएको छ।

यस्तै, रावल आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था, भोगाधिकारसम्बन्धी कार्य, गुठी जग्गा अतिक्रमण नियन्त्रणका गतिविधि तथा ‘मेरो कित्ता’ मोबाइल एपसँग सम्बन्धित सेवासमेत क्रमशः ड्यासबोर्डमा समावेश गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै सेवा र कार्यसम्पादनको प्रगति एकै स्थानमा सार्वजनिक गरिएपछि नागरिकले मन्त्रालयका गतिविधिबारे वास्तविक जानकारी सहजै प्राप्त गर्नेछन्। यसले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता बढ्ने विश्वास मन्त्रालयको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट