२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

व्यक्तिगत सम्पर्कबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति डरलाग्दो छ : जिफन्ट

मंगलवार , पौष २, २०८१

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमीकहरु वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रवासी श्रमीक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

महासंघले वैदेशिक रोजगारीको लागि श्रमीकहरु एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमीकहरु जान्छ भन्ने मान्यता रहेपनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमीकहरु विदेशिने गरेको बताए । उनले जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमीकहरुको अधिकार संरक्षण गर्ने पक्षमा जिफन्टले काम गरिरहेको बताए ।

उनले सोमवारमात्रै जिफन्टले अमेरिकामा काम गर्न पुगेका नेपालीहरुको अधिकार संरक्षणका लागि जिफन्ट सपोर्ट ग्रुप बनाएर काम शुरु गरेको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमीकहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमीकहरुको योगदानसहित सूचिकरण भएको उल्लेख गरे ।

उनले उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरुअनुसार श्रमीक स्वयं र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको बताए । जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यस वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट पारेको उल्लेख गरे ।

उनले भने, ‘हामीले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमीकहरु जान्छ भन्ने मान्यता थियो । त्यहीँ मात्रै श्रम बेच्न गइरहेको थियो भने आज युरोपदेखि अमरिकासम्म पनि श्रम गर्नका लागि नेपाली श्रमीकहरु पुगेको छ । त्यसैले अहिले हामी खाडी मुलुकबाट ए टु जेट सबै देशमा जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमीकहरुको अधिकार संरक्षण गर्ने पक्षमा काम गरिरहेका छौँ ।

हिजोमात्रै हामीले अमेरिकामा काम गर्न गइरहेका श्रमीकहरुको हक हितको सुनिश्चिचता र संरक्षण गर्न समेत हिजोबाट अमेरिकामा जिएसजि स्थापना गरेका छौँ । बिस्तारै हामी युरोपियन देशहरुमा पनि तयारीको क्रम जारी छ । वैदेशिक रोजगारमा जाने श्रमीकहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमीकहरुको योगदानसहित सूचिकरण भएको छ ।

उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरुअनुसार श्रमीक स्वयं र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ । जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यो वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट गरेका छौँ ।

सामाजिक सुरक्षामा समाहित हुने मजदुरको संख्या बढेको छ । करिव ६० हजार नियमित श्रमीकहरु मात्रै सामाजिक सुरक्षामा आवद्ध भइरहेका छन् । वैदेशिक रोजगारीको लागि श्रमीकहरु एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेको छ । यो डरलाग्दो संकेत हो ।’

अध्यक्ष श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको लागि इ–७ भिषा प्रोसेस गर्ने भनेर दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुराको जिफन्टले बिरोध गरेको बताए । जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनी लगायतका मुलुकहरुमा समेत म्यानपावर कम्पनीमार्फत श्रमीक पठाउने विषयमा जिफन्टको ध्यानाकर्षण भएको र यसमा सरकारले नै जिटुजीमार्फत गर्नुपर्ने बताए ।

विश्वभर प्रवासी श्रमीकहरुको कामको सुरक्षा र मर्यादाका लागि आवाज उठाउन र सचेतना जागृत गराउन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय प्रवासी श्रमीक दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट