logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनेछौँ : प्रमुख महर्जन

    ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनेछौँ : प्रमुख महर्जन

    280
    Shares
    ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनेछौँ : प्रमुख महर्जन

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् ।

    मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताए । उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए ।

    उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

    उनले भने, ‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ ।

    दायाँबायाँका घरधनीहरु मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन । यो अहिले ललितपुर महानगरपालिकाको लागि एकदमै अफ्ठ्यारो परिस्थिति छ । संघीय सरकारले त्यहाँका स्थानीयहरुलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्न अति वाञ्छनीय छ ।’

    उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend