काठमाडौं । काठमाडौंमा बुधबार मंगलबारको तुलनामा तापक्रम केही बढी रहेको छ ।
काठमाडौंमा बुधबार बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा मौसम सफा रहनेछ छ। देशका कुनै पनि ठाउँमा वर्षाको सम्भावना छैन ।
कोसी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना भएपनि वर्षाको सम्भावना छैन ।
महाशाखाका अनुसार तराईका केही स्थान तथा उपत्यका र पहाडी भू–भागमा बिहान हुस्सु र कुहिरो लागेको छ ।
उच्च पहाड र हिमाली क्षेत्रमा पनि मौसम सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस