२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएल इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै, जित्नै पर्ने दबाब

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुँदैछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका चितवन राइनोज र कर्णाली याक्स आज इलिमिनेटर खेलमा आमनेसामने हुनेछन्। यी दुवै टोलीले सात खेल खेल्दा चारवटामा जित निकाल्दै समान ८ अंक बनाएका थिए।

सिधै फाइनल पुग्ने होडमा हुनेछन् सुदूरपश्चिम र जनकपुर। यी दुई टोलीबीचको क्वालिफायर एक खेल आज १ बजे हुनेछ।

क्वालिफायर २ को खेल भोलि हुनेछ। जसमा इलिमिनेटरबाट विजयी टोली र क्वालिफायर १ मा पराजित टोली खेल्नेछन्।

क्वालिफायर २ को विजयी टोलीले आज क्वालिफायर १ को विजयी टोलीसँग शनिबार खेल्नेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट