सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

इलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली २१ रनले विजयी, दोस्रो क्वालिफायरमा प्रवेश

इलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली २१ रनले विजयी, दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राईनोजलाई २१ रनले हराएको छ ।

इलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए ।

बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।

यसअघि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कर्णालीले १ सय ७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।

ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।

जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend