२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

एनआरएनएको दशौँ एकता महाधिवेशन बैशाख २०-२२ मा काठमाडौँमा हुने

बुधवार , पौष ३, २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३-५, २०२५ (२०७२ बैशाख २०-२२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्वपूर्ण निर्णयहरू लिएको समितिका एक सदस्यले जानकारी दिए।

बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ।

त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि (टर्म्स अफ रेफरेन्स) निर्माण गर्न एक समिति गठन गरेको छ। उक्त समितिमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहनेछन्। कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेश गर्नेछ।

साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

महाधिवेशन सफल बनाउन संघले सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट