शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

फाइनलमा पुग्न जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

फाइनलमा पुग्न जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

जनकपुरका लागि जेम्स निशमले बनाएको ४५ रन नै सर्वाधिक रह्यो । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुगेलिनको बलमा बोल्ड आउट भए । शुभ कंसाकार २६ रनमा रनआउट भए । हर्ष ठाकरले १२ रन बनाए ।

ओपनर लाहिरु मिलान्थाले १२ रन बनाए । कप्तान आशिफ शेख ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए ।

त्यस्तै, सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । सैफ जैवले २ तथा स्कट कुग्लेजिन र अविनास बोहोराले समान एकएक विकेट लिए ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend