बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

विराटनगरको चार तारे होटल ‘विग’ : गेष्टले पाउँछन् सुविधै सुविधा

विराटनगरको चार तारे होटल ‘विग’ : गेष्टले पाउँछन् सुविधै सुविधा

विराटनगर । २०७५ वैशाख १ देखि सञ्चालनमा आएको होटल विगले २०७९ साउनमा चार तारे होटलको मान्यता पाएको हो । ५० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको होटलमा ३० करोड रुपैयाँ लगानी थपेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार तारे होटलको मान्यता दिएको हो ।

होटलले क्यासिनो, इनडोर स्विमिङ पुल, जिम क्लब, स्पा बाथ, हेल्थ क्लब र युनिसेक्स सैलुनलगायतका थप सुविधा दिएको छ । होटलका प्रबन्धक सञ्जय शाहका अनुसार क्यासिनोको क्षमता ७० प्लेयरका लागि छ ।

विराटनगरमा यसअघि रत्ना र स्वागतम गरी २ होटलले क्यासिनो सञ्चालन गरेका थिए । दुबै होटलले बन्द भइसकेका छन् । विग होटलले विराटनगरमा पहिलो पटक जिम क्लब सञ्चालन गरेको हो । जिम क्लबमा ५० जनाको क्षमता रहेको छ ।

विग होटलले सञ्चालन गरेको स्पा पनि विराटनगरकै पहिलो हो । होटलले महिला र पुरुषको लागि अलग अलग स्टिम बाथ र सोना बाथको निर्माण गरि सुविधा दिइरहेको छ । होटलको इनडोर स्विमिङ पुलमा ठूला व्यक्ति १५ जनाले सजिलै स्विम गर्न सक्ने शाहले जानकारी दिए । विगको स्विमिङ पुल ४ देखि ६ फिटसम्म गहिरो रहेको छ ।

होटलले सञ्चालन गरेको हेल्थ क्लबमा अत्याधुनिक उपकरण राखिएको छ र बिहान बेलुका सञ्चालन गरिने गरिएको छ । हेल्थ क्लबमा एक पटकमा २५ जनाले एक्सरसाइज गर्न सक्ने जनाईएको छ ।

होटलमा ६८ वटा कोठा रहेका छन् । होटलमा सुइट रुम ३, सुपर डिलक्स १० र डिलक्स ५५ वटा रहेका छन् ।

विराटनगरको पाञ्चाली चोकमा ८ कठ्ठा १० धुर जमिनमा अवस्थित होटलमा उर्जा व्यवसायीद्धय वीरेन्द्र न्यौपाने र भरतबहादुर खत्रीको संयुक्त लगानी छ । विग होटलले प्रत्यक्ष रुपमा ८० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा ३ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

होटलमा आउने गेष्टले पाउँछन् सुविधै सुविधा

होटल विगमा बस्न आउने गेष्टले सुविधै सुविधा पाउने गरेका छन् । होटलमा भएको सबै सुविधा उपभोग गर्ने गेष्टका लागि बस्ने कोठादेखि धेरै सुविधा निःशुल्क पर्न जान्छ ।

‘विग होटलमा कोठा बुक गर्दा कोठा निःशुल्क पर्न जान्छ’, होटलका प्रबन्धक शाहले सुनौलो नेपालसँग भने इमेल, फोन कल वा जसरी कोठा बुक गर्नुभयो । त्यसपछि गेष्टले रिर्जभेसन दिनुहुन्छ । त्यसबेला नै सोधिन्छ । तपाईहरुलाई पिकअप चाहिन्छ चाहिँदैन भनेर । चाहिन्छ भन्नुभयो भने फ्लाईट डिटेल्स लिन्छौं । फ्लाईइट अवतरणको बेला गाडी स्टेनबाइ रहन्छ। यो हाम्रो निःशुल्क सुविधा हो ।’

शाहका अनुसार होटलमा आएर चेकिङ गरिसकेपछि जिम क्लब र स्विमिङ पुल होटलले दिने निःशुल्क सुविधा हो । विहानको ब्रेकफास्ट र चेकआउट भईसकेपछि एयरपोर्टसम्म गाडीले पुर्याईदिने सुविधा होटलले दिने निःशुल्क दिने सुविधा भएको शाहले बताए । सबै होटलको आ—आफ्नो ब्राण्ड भएकाले पनि आफ्ना गेष्टलाई बेष्ट सुविधा दिने चाहना सबैको हुने बताउँदै उनले विगमा आएर बस्ने गेष्टले अरुलाई पनि बस्न आग्रह गर्ने गरेको बताए ।

होटलमा पारिवारिक वातावरण रहेकाले पनि सबैको रोजाईमा होटल परेको छ । ‘हाम्रो होटलमा कर्मचारीमा सानो ठुलो भन्ने हुदैन’, शाहले भने, ‘पारिवारिक वातावरण छ । गेष्टले होटलको म्यानेजर को हो या कुन कर्मचारी कुन तहको हो भनेर थाहा नै पाउनुहुन्न । हामी सबैले पारिवारिक रुपमा काम गरिरहेका हुन्छौं । यसले गर्दा गेष्टलाई भनेजस्तो सुविधा दिन सकेका छौं ।’

विराटनगरमा होटलमा लगानी आवश्यक

विराटनगरमा पर्यटक संख्या बढ्दै गएकाले अझै होटलमा लगानी आवश्यक रहेको प्रवन्धक शाहले बताए । विराटनगरमा ३ सयदेखि ४ सयसम्मको संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु भएभने एउटा होटलमा सम्भव नहुने बताए ।

‘चार तारे दुई वटा मात्र होटल रहेको विराटनगरमा पाँच तारे होटलहरुको आवश्यक छ’, उनले भने, ‘होटलमा लगानीको सम्भावना विराटनगरमा धेरै छ । नेपाल–भारत सिमा नजिक भएका कारण पनि नेपालको पूर्वी भागमा रहेका प्राकृतिक दृश्य हेर्न आउने पर्यटकको संख्या बढीरहेकाले पनि सम्भावना देखिएको उनको भनाई छ ।

विगको आफ्नै ब्राण्ड छ, सबैले आफ्नो आफ्नो उत्कृष्ट सेवा दिएर गेष्ट तान्ने हो उनले भने । विराटनगरमा नाईट क्लवहरु, उत्कृष्ट खेलमैदानहरु अर्थात सम्भावना बोकेको क्षेत्रमा लगानी गर्ने हो भने पर्यटकहरुको आगमन बढी हुन्छ ।
एक व्यक्तिले एकतर्फी मात्रै नभई सबै क्षेत्रको व्यवसायमा सहयोग गरिरहेको हुन्छ । विराटनगरलाई सेन्ट्रल प्वाईन्ट बनाएर पर्यटनको क्षेत्रमा थप काम पनि गर्न सकिने उनको भनाई छ ।

विराटनगरको हकमा कोरोनापछि होटल व्यवसाय फस्टाएको छ । सबै होटलहरुले राम्रो गरिरहेको छ । होटलहरुमा चाहिने आवश्यक सुविधाहरु धेरै वा थोरै भएपनि समग्रहमा व्यवसाय राम्रो देखिएको प्रबन्धक शाहले बताए ।

‘सबैको आ आफनो ब्राण्ड छ । हामी आफ्नो ब्राण्डमा चलिरहेका छौं । अरु होटल आफ्नो आफ्नो ब्राण्ड लिएर छुट्टै बसेको छ । सबैको सेवा सुविधा फरक छ र सर्भिस पनि फरक छ । कोठादेखि लिएर सबै कुरा फरक छ ।

होटलहरुको प्रतिस्पर्धा भन्दा नी विराटनरमा गेष्टहरुमा चाहिँ प्रतिस्पर्धा हुने देखिन्छ । उहाँहरुले छान्ने हो आफ्नो लागि कुन बेष्ट छ भनेर । विराटनगरमा सबै रेन्चको होटलहरु भएका कारण पनि गेष्टले आफूलाई अनुकूल हुने होटल छान्नुहुन्छ । त्यसैले होटलमा लगानी बढ्दा होटलहरुको प्रतिस्पर्धा नभई गेष्टको प्रतिस्पर्धा अझ बढ्छ ।’

गेष्टको प्रतिस्पर्धाबाट उत्कृष्ट देखिएका होटल नै उत्कृष्ट हुने उनको बुझाई छ । विग होटल गेष्ट कै प्रतिस्पर्धाबाट उत्कृष्ट देखिएको उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend