२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु

बुधवार , पौष ३, २०८१

काठमाडौं । दुबईको ख्याति प्राप्त जोयालुकास एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

यससँगै दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने विश्वास कम्पनीले लिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दैआएको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार