बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जनकपुरविरुद्ध ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

जनकपुरविरुद्ध ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रपेश गरेको छ ।

बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो संस्करणको एनपीएलको उपाधिनजिक पुगेको हो ।

जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । ओपनर विनोद भण्डारी ५८ र कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।

ब्राण्डोम म्याकमुलेनले १९ बलमा १ चौका र १ छक्का सहयोगमा २५ रन बनाए । ओपनर सैफ जैवले ३२ रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो ।

जनकपुरका लागि जेम्स निशमले बनाएको ४५ रन नै सर्वाधिक रह्यो । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुगेलिनको बलमा बोल्ड आउट भए । शुभ कंसाकार २६ रनमा रनआउट भए । हर्ष ठाकरले १२ रन बनाए ।

ओपनर लाहिरु मिलान्थाले १२ रन बनाए । कप्तान आशिफ शेख ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए ।

त्यस्तै, सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । सैफ जैवले २ तथा स्कट कुग्लेजिन र अविनास बोहोराले समान एकएक विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend