सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

जुनसुकै बाटो अपनाएर पनि महशुस उठाउन सकिन्छ, उद्योगको लाइन काटेर समाधान हुँदैन : उर्जामन्त्री खड्का

जुनसुकै बाटो अपनाएर पनि महशुस उठाउन सकिन्छ, उद्योगको लाइन काटेर समाधान हुँदैन : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् ।

बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए ।

उनले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बताए । उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताए ।

उनले भने, ‘लाइन काट्नेकुरा समस्याको समाधान होइन । यदी महशुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खालि के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरुको पनि इमान्दारिताको आवश्यकता छ ।

१० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । संसदमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई । व्यवसायी साथीहरुले पनि हामीले तिर्नुपर्ने यति मात्रै हो, हामीले यति मात्रै तिर्छौं, यो चाहीँ होइन है भनेको भए अझ प्रमाणित गर्न सजिलो हुन्थ्यो होला नि ।

त्यतातिर पनि म व्यवसायी साथीहरुको ध्यानाकर्षण गर्न चाहन्छु । प्राधिकरणको समस्या के हुन्, यसको छानविन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।’

मन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend