२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपिएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् ।

सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।

पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन । सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट