शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनपीएल उपाधि भिडन्तमा जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

एनपीएल उपाधि भिडन्तमा जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १८४ रन बनाएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम रोयल्सले जितका लागि १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।

सुदूरपश्चिमका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे ।

ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend