मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेट हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ । योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम रोयल्सले जितका लागि १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपरका ओपनर लाहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाए । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एक-एक विकेट लिए ।

यसअघि जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १८४ रन बनाएको थियाे ।

सुदूरपश्चिमका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे ।

ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका थिए ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend