२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री ओलीले दिए एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बधाई

शनिवार , पौष ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!

फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट