काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । एनपिएलका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे ।
उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए । टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो ।
नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन् । दीपेन्द्रले ९ खेलमा २२७ रन बनाएका थिए । पहिलो खेलमा विराटनगरविरुद्ध नटआउट ५७ रन नै उच्च स्कोर बन्यो ।
उनीभन्दा धेरै सुदूरपश्चिमकै विनोद भण्डारीले २३५ रन प्रहार गरे ।
त्यस्तै, लुम्बिनीका कप्तान रोहित पौडेलले २७९ रन प्रहार गरे ।