२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपीएलको विजेता जनकपुर बोल्ट्सलाई अध्यक्ष प्रचण्डले दिए बधाई

शनिवार , पौष ६, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको हो ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई, प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु।

नेपाली क्रिकेटको महापर्व एनपिएल २०२४ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। यसले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको छ।

प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

May be an image of 5 people and text

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट