२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

आइतवार , पौष ७, २०८१

काठमाडौँ । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव भए । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बसेकाले उनलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट भएकाले उनलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाका बताउँछन् ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उनलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्छन् । ज्योतिर्मय रथले सबै ठाउँमा घुम्छन् । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ । यसको जुवा छत्तीस लाख योजन लामो छ । कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक– ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्छन् । त्यहीबेला गन्धर्व उनको सुयशको गान गर्दैगर्दा अगाडि– अगाडि अप्सरा नृत्य गर्दै हिड्टीन् । उनको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ । यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ ।

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु प्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

जसले उदाउँदा ब्रह्मा, मध्याह्नमा महेश्वर, अस्ताउँदा विष्णु भनी पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ । रोग निको हुने गर्दछ । जो चाण्डाल, पतित, कोढी, महापातकी, दुःखी, दरिद्र, शोकग्रस्त छ । पुस महिनामा सूर्यको दर्शन र पूजा गर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ । ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाएका थिए। त्यसैले गोकर्ण, वालखिल्य ऋषि, शत्राजित आदिले पनि सूर्यको उपासना र स्तुति गाएका थिए। जसले गाउँदछ उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ ।

कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् । पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ । यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् ।

सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए । त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो । जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते ।

अनुकम्पय मां भक्त्या गृहणाघ्र्य दिवाकरः।।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट