२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

साढे १८ अर्बमा बन्यो रसुवागढी आयोजना, विद्युत् उत्पादन सुरु

सोमवार , पौष ८, २०८१

रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानी स्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा जडित ३३ /३३ मेगावाट क्षमताको तीनवटा उपकरणद्वारा विद्युत् उत्पादन हुने जनाइएको छ । हाल चिसोयाम परेका कारण खोलाको पानी वहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालू गराइ सकिएको र वर्षायाममा भने क्षमता अनुसार विद्युत् उत्पादन हुने उनले बताए ।

सो आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भएपनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प ,भोटेकोसीमा वर्षादको समयमा आईरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्व हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न् गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढी जलविद्युतले वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आर्जन गर्ने छ । रसुवागढीमुनी भोटेकोसीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानी पारीको पहरा भित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टरवाइन जडान भएको र जडिट सवै उपकरण चालू भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जल विद्युत् कम्पनी मार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जल विद्युत् केन्द्रलाई धितो राखेर कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको जनाइएको छ ।

यो पनि : 

रसुवागढी जलविद्युत आयोजना बन्यो, छैन प्रसारण लाइन, कहिले होला बिजुली उत्पादन ?

रसुवागढी जलविद्युत आयोजना बन्यो : छैन प्रसारण लाइन, बिजुली उत्पादन अनिश्चित

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट