२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस ९ गते मंगलबारको राशिफल

मंगलवार , पौष ९, २०८१

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइ साथ दिन भन्दा कुरा काट्न सक्रिय हुनेछन्। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो बन्नेछ। साथीसँग भेटघाट गर्ने अवसर मिल्नेछ।

मिथुन : मन चञ्चल बन्नेछ। अनावश्यक कुरा सोच्न थाल्दा घाटा हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा गढबढी हुनसक्छ। शिक्षाको क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कर्कट : दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। इज्जत राख्न सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। राजनीतिक संगठनमा राम्रो पहुच भएकाले महत्त्वपूर्ण काम बन्नेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ। बौद्धिक साथीले असहयोग गर्दा मन दुःखी बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। सोचेको काम गर्दा दोहोरो फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मन शान्त बन्नेछ। रोगलाई जित्न सक्ने अवस्था छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बन्नेछ। खर्च कटौती गर्नुपर्ने समय छ। दैनिक काम सञ्चालन गर्न सहज हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। मन शान्त बने पनि परिवारको सल्लाहले गलत बाटो लिनसक्ने जोखिम रहेको छ।

वृश्चिक : आज गरेको लगानीले दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ। बौद्धिक व्यक्तसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। साना कुरामा अल्झिनाले मन अशान्त बन्नेछ। परिवारसँगको भेटमा खुशी मिल्नेछ।

धनु : दिन सहज छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने योग छ। राज्यका तर्फबाट साथ र सहयोग मिल्नेछ। सामाजिक सेवाको अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन राम्रो छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। साथीभाइबाट सकारात्मक साथ र सहयोग मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धन र्ख हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले मनमा झन्झट बढ्नेछ। सहयोग गर्ने भन्दा असहयोग गर्ने साथीको बहुमत छ। जन्मकुण्डलीमा शनिदेव उचित ग्रहमा भए सोचेको काम बन्नेछ। साथीहरुले सहयोग गर्ने योग छ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बोली र व्यवहार फरक भएमा अप्ठेरोमा पर्ने जोखिम छ। बोलेको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। औषधी नियमित नगर्दा रोगले सताउने छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट