२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट पाइने

मंगलवार , पौष ९, २०८१

काठमाडौँ । फोनपेले ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्न सक्ने योजना सर्वाजनिक गरेको छ ।

ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्न यो योजना ल्याएको फोनपेले जनाएको छ । यसका लागि ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।

पुष २९ सम्म उक्त योजना लागु हुनेछ। लक्की ड्रा मार्फत विजेताहरू छनौट हुनेछन् भने ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।

यस योजनाले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्न थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार