२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

रास्वपा वागमती प्रदेशको अधिवेशन स्थगित

बुधवार , जेठ २७, २०८३

हेटौडा  /  राष्ट्रिय स्वतन्त्र पार्टीको हिजोदेखि हेटौडामा सुरु भएको प्रथम अधिवेशन स्थगित भएको छ  । नेतृत्व चयन प्रक्रियामा सहमती नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको हो ।

हिजो उद्घाटन सत्र सुरु भएपछि बन्द सत्र सकेर नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो । तर निर्वाचन समितिले समयमा नै काम गर्न नसक्दा बुधबार बिहान ८ बजेबाट मतदान गर्ने सूचना प्रकाशित गरेको थियो ।

अधिवेशन पुर्ण रुपमा रद्द भएको भ्रामक सूचना सार्वजनिक भएपछि प्रतिनिधिहरु घर फर्कन सुरु गरेको र त्यही कारणले हालको लागि निर्वाचन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिका प्रमुख भुवन केसीले जानकारी दिए ।

मतपत्र तथा नामावली प्रकाशनमा त्रुटि सच्याउन समय लागेको, समायोजन र र सूचिको विवाद र समिति व्यवस्थापनका कठिनाइ भएका कारणले अधिवेशन स्थगित गरिएको केसीले जानकारी दिए । अब सबै प्रतिनिधिहरुलाई अर्काे निर्वाचनको समय २४ घण्टा अगाढी नै जानकारी गराउने र सबैलाई उपयुक्त हुने स्थानमा मतदान गर्ने व्यवस्था मिलाउने रास्वपाले जानकारी दिएको छ ।

नेतृत्वमा ४ को उमेदवारी

मतपत्र छपाइ लगायतका कारणले ढिलाई भएको बताए पनि नेतृत्वमा सहमती हुन नसक्दा अधिवेशन स्थगित भएको रास्वपाका नेताहरुले बताएका छन् । अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापति पदमा अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री प्रतिष्पर्धामा थिए । रास्वपा केन्द्रले पुन लामिछानेलाई नै सर्वसम्मत सभापति बनाउन चाहेपनि अन्य उमेदवारहरुले मतदानबाट नै प्रक्रिया सक्न भनेपछि प्रक्रिया  लम्बीएको थियो ।

WhatsApp Image 2026-06-10 at 12.01.30.jpeg

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार