logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • संविधानको कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

    संविधानको कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

    154
    Shares
    संविधानको कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताएका छन् ।

    मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताए ।

    उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अफ्ठ्याराहरुको विकल्पमा जान सकिने बताए । अध्यक्ष दाहालले केही कानून बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महशुस गरेको बताए ।

    राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताए ।

    उनले भने, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरु नै चिज खोज्न हामी भौंतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरु कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो ।

    भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन । हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुराहरु कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरु त्यही छन् ।’

    अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरुको रक्षा र संप्रेषणहरु गर्न जरुरी रहेको बताए । उनले उपलब्धिहरुको संप्रेषण राम्रोसँग नहुँदा समस्याह पैदा भइरहेको जिकिर गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend