२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस १० गते बुधबारको राशिफल

बुधवार , पौष १०, २०८१

मेष : दिन राम्रो छ। थालेका काम सफल हुनेछन्। मन खुशी हुनेछ। राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ। राजनीतिक तहमा अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मन प्रशन्न रहनेछ। खानपानमा गढबढी हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। हाकिमको प्रेसर हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ। परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ।

कर्कट : दिन सामान्य छ। आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ। साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ। सामूहिक काममा फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ। आफूभन्दा ठुलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। नियमित काम गर्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ।

तुला : मनमा उत्साह बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले अरुको काम गर्दा आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने दिन छ। राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ। अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ। रोगसँग लड्ने क्षमता भने वृद्धि भएको छ। दैनिकी सहज छ। ठुला कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

धनु : दिन राम्रो हुनेछ। आम्दानीको दृष्टिले दिन अब्बल छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ। आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ। परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन्।

मकर : दिन सामान्य राम्रो छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ। वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ। राजनीतिक सहकर्मीले साथ दिनेछन्। परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले सानो कुराले सताउन सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पुरानो रोगले सताउने जोखिम बढी छ। सुरुवाती साढेसाती दशाले गर्दा मनमा खटपटी बढ्नेछ। गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट