२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कांग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरी छ : डा. शशांक कोईराला

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोईरालाले नेपाली कांग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए । उनले समाजका लागि सोचेमात्रै राजनीति हुने बताए ।

आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ । उनले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए ।

उनले भने, ‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो । उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन ।

हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । विपी कोईरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ । ’

देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार