२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

बुधवार , पौष १०, २०८१

घोराही (दाङ) । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकी छन् ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीका समस्या समाधान गर्न आफूले विगतमा उच्च प्राथमिकता दिएको जानकारी दिइन् ।

उनले भनिन्, “राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको छ । ”

कार्यक्रममा महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा सञ्चारकर्मी र सञ्चार जगत्ले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार