२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

मुलुकको विकासका लागि कांग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन : नेता सिटौला

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन् । उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताए ।

उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गरे । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए ।

उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन ।

यो त दाबाका साथ हामी भन्छौं । संविधान सभाको कुरा २००७ सालमै नेपाली कांग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली कांग्रेसकै पहलमा भएको हो ।

तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गर्यौं ।’

पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उनले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार