२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक छैन, निम्तो आए गइन्छ : प्रधानमन्त्री ओली

बिहिवार , पौष ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको बताएका छन् । बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताए ।

ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताए । उनले भारतले निम्तो पठाए गइने र नपठाए नगइने बताए । बैठकमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।

प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार