२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन

बिहिवार , पौष ११, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरुसँग यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिए ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताए ।

त्यस्तै नेपाल—संयुत्तः राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल—अस्टे«लिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल—बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल—जापान संसदीय मैत्री समूहको संयोजकमा डा।नारायण खड्का, नेपाल—चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् ।

उनले भने, ‘नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ हुनुहुन्छ, जो नेपाली काँग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा,नेपाली काँग्रेसकै दलबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस । नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा। अञ्जान शाक्य, नेकपा एमाले । नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेकपा एमाले । नेपाल–जर्मनी ससदीय मैत्री समूह कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले । नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी ।

नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी, नेकपा (माओवादी केन्द्र) । नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु सकिएको छ । बाँकी तीन समूह बनाइसकेका छौँ । संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’

सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार