logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

    नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

    497
    Shares
    नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।

    बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या, कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उनको भनाई छ ।

    उनले अहिले पनि कम्युनिष्टहरु फुट, गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए । उनले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गरे । उनले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गरे ।

    उनले भने,‘ अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । जुन पुनर गठन २०६४ मा गर्न खोजिएको थियो । तर २०६४ मा सिङ्गो वाम शक्तिलाई एकतावद्ध गर्ने उदेद्यले चुनावी तालमेल र २०६५मा एकता गरेर जाने प्रक्रिया शुरु भएको हो । त्यो बेलाको कम्युनिष्ट एकता नीतिगत रुपमा नराम्रो थिएन ।

    कम्युनिष्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या,कमजोरी,गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणका कारणले त्यो सफल हुन सकेन । आजका दिनमा कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चसो कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठन सहित अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

    विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको छ । आज कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुलाको चाल भने जस्तो भएको छ । हामी अगाडि बढ्ने कसरी हो । वर्तमान सत्ता स्वार्थमा लागि रहने हो । जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने हो ।

    कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृति हावी हुँदै गएको छ । कम्युनिष्ट नेताहरुमा जनताका दुख बुझ्न जाने भन्दा पनि सम्पती आर्जन र सुख सुविधामा तल्लिन हुन कम्युनिष्ट विचलनका आयामहरु देखिएका छन् ।’

    उनले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताए । उनले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend