२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल

शुक्रवार , पौष १२, २०८१

मेष : दिन सामान्य छ। चिसोबाट बच्नु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछन् । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ। मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ।

मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। तपाईंलाई आक्रमण गर्न आफन्त सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कर्कट : शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ। परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

सिंह : आफन्तले घेराबन्दी गर्ने जोखिम छ। आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ। दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

कन्या : दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ। साथीभाइसँग मिलेर काम गर्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। सोचेका काम सफल बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। आज काम नबने पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्नेछ। बाहिरका साथीको साथ र सहयोग मिल्ने छ। तर परिवारबाट असहयोग हुने जोखिम छ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। साथीभाइसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दैनिक काम भन्दा ठुला योजनको सुरुवात नगर्नु राम्रो हुनेछ। उपचारमा भए लाभ प्राप्त हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा शान्ति मिल्नेछ।

मकर : मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशाले हरेक कुरामा बाधा र अवरोध ल्याउनेछ। परिवारबाट धोका हुने जोखिम रहेको छ।

कुम्भ : भाग्यले साथ दिनेछ। कर्मको स्थानमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। शनिदेवको प्रभावले हरेक क्षेत्रमा बाधा हुनेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ।

मीन : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ। साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन्। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट