२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मौसम : आज र भोली वर्षाको सम्भावना, आइतबारदेखि क्रमिक सुधार

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

शनिबार पनि देशका अधिकांश स्थानमा हल्लका वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । आइतबारबाट भने मौसममा सुधार आउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट