२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

श्रीलङ्काका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सम्पन्न गर्न प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलङ्काका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रस्ताव राखेकी थिइन् । प्रस्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् ।

मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार