logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • सरकार जनमुखी भएर चल्न सकेन, देशमा शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्छ : झलनाथ खनाल

    सरकार जनमुखी भएर चल्न सकेन, देशमा शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्छ : झलनाथ खनाल

    336
    Shares
    सरकार जनमुखी भएर चल्न सकेन, देशमा शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्छ : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो आरोप लगाएका हुन् । उनले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरु आइरहेको बताए ।

    उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए ।

    उनले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरु नगरेको बताए । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे ।

    उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको । संविधानमा अरु कुनै शब्द राख्न नपाएर राखेको मात्रै हो की ? त्यसको कुनै अर्थ पनि छ ।

    यो देशका नायकहरु किन बोल्दैनन् त्यसको बारेमा । संविधानमा त छ त । बोल्ने शाहस किन छैन ? बोल्ने शाहस किन छैन ? बिना बित्थामा राखिएछ की भन्ने पर्यो की ? अहिले संशोधनको कुरा हुँदैछ । हटाइदिने हो की त्यो संशोधन गरेर । यि सन्दर्भमा पनि देशको नेतृत्वमाथि मेरो कटाक्ष छ । नेतृत्व जनमुखी भएर चल्न सकेन । नेतृत्व संविधानमुखी भएर पनि चल्न सकेन । यसकारणले गर्दा समस्याहरु छन् ।’

    पूर्वप्रधानमन्त्री खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दुःखद् भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend