काठमाडौं । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । उनले भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएको भन्दै उडान अनुमति नदिएको बताए ।
उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको उल्लेख गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनसँग जोडिनु भएको बताए । उनले बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल र रिक्सटिक्सन विमानस्थल हो । पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आएदेखि बुद्ध एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भनिरहेका छौं । त्यसको लागि पोखरा बनारस उडानको लागि सरकारसँग अनुमतिको लागि आवेदन दियौं । सरकारले तीन दिनभित्र अनुमति दियो । परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पनि आवेदन दियौं । त्यो फाइल अहिले पनि घुमिरहेको छ ।
अहिले पनि उडान गर्न पाइँदैन भन्नुभएको छैन । तर फाइल अझै घुम्दैछ । हामीले बुझेसम्म बंलादेशको हवाई कम्पनीले पोखरा उडान गर्न खोज्दा हवाई रुटको कारण उडान हुन नसकेको कुरा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता के हो भन्दा ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमानले भारत सव कन्टिनेन्टलाई एउटा हिसाबले चल्नसक्ने बुझेका छौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनको संज्ञा दिएको छ । बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुप¥यो । बिआरआई हो भने कुरा देशले सञ्चालन गर्ने हो । बिआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ ।
भारत र दक्षिणतिरका देशले बिआरआई परियोजनाका कारण उडान नगर्ने हुदा उडानमा चुनौति देखिएको छ । भारतीय विमानस्थलहरुमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार छौं ।’
उनले बुद्ध एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान गर्न खोजेको बताए । उनले नेपाल सरकारले पोखराबाट बनारस उडानको अनुमति नेपाल सरकारले दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको बताए । उनले अनुमति दिए ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार रहेको उल्लेख गरे ।
यो पनि :
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरा विमानस्थल बनाउन लिएको २२ अर्ब ऋण अनुदानमा परिणत होला ?