काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले सरकारले अहिलेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोक्न नसक्दा समस्या भएको बताए ।
उनले भैरहवा,पोखरा र त्रिभूवन विमानस्थल एकै पटक चल्नसक्ने अवस्था नभएको बताए । महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा विमानस्थल चल्ने दाबी गर्दै क्षमता तोक्न आवश्यक रहेको बताए ।
उनले क्षमता अनुसार विमानस्थल चाउने भनेर सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताए । उनले यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटि र अन्तर्राष्ट्रिय उडानहरु बढ्ने बताए ।
उनले भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । उनले तीन वटै विमानस्थल चल्दा काठमाडौैंको विमानस्थल रातभरी चलाउनु र होल्डिङमा पनि बस्नु नपर्ने बताए ।
उनले विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको भन्दै ५० लाख यात्रु क्षमता निश्चित गर्दा निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने बताए । उनले विमानस्थलमा ५० लाख यात्रु क्षमता निश्चित गर्ने कुरा पाँच छ जना व्यवसायीहरुले कब्जामा राखेको उल्लेख गरे ।
उनले भने,‘ प्राधिकरणले डिले भयो, त्रिभुवन विमानस्थलमा शौचालय राम्रो भएन र भैरहवा, पोखरा विमानस्थल सञ्चालनमा आएन भनेर कुरा सुन्नुपर्छ । एउटै निकायले सबै कुरा सम्बोधन गर्न सक्दैन । तर चेपुवामा भने क्यानको नेतृत्व पर्ने रहेछ । पाँच महिना पनि धैर्य गर्न सक्ने निजी क्षेत्र देखिएन । पाँच महिना विमानस्थल बन्न दिउँ भन्ने धैर्यता देखिएन । विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरुको कटौती भएको छैन ।
बन्द हुनुभन्दा पहिलाको जस्ती नै क्षमतामा विमानस्थल सञ्चालनमा गरेका छौं । एउटै कुरा भैरहवा,पोखरा र त्रिभुवन विमानस्थल पनि चल्ने अवस्था हुँदैन । यो कुरा बुझ्नुपर्यो । यति बुझेको दिन तीन वटै विमानस्थल चल्छन् ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा विमानस्थल चल्छन् । क्षमताअनुसार विमानस्थल चाउने भनेर जुन दिन भन्छौं । भैरहवा,पोखरा त्यही दिन देखि चल्छ । यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटि बढ्छ । अन्तर्राष्ट्रिय उडानहरु बढ्छ । भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । यो भन्दा बढी सरकारले कमाउन सक्छ । यस्तो हुँदा काठमाडौैंको विमानस्थल रातभरी चलाउनु पर्दैन । होल्डिङमा पनि बस्नु पर्दैन ।
विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपर्यो । ५० लाख यात्रु क्षमता निश्चित गरौ भन्दा निजी क्षेत्रले सरकारलाई सर्पोट गर्छन । अहिले नै मलाई नै चाहियो अहिलै कमाउनु परो भनेर पाँच जना मान्छेले कब्जा गरेर राखेका छन् । यो वास्तविकता हो ।’
उनले प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने बताए । उनले पाँच महिना पनि धैर्य गर्नसक्ने निजी क्षेत्र नदेखिएको बताए । उनले विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरुको कटौती भएको नभएको उल्लेख गरे ।