२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस १३ गते शनिबारको राशिफल

शनिवार , पौष १३, २०८१

मेष : धन लाभ हुने योग छ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ। सहकर्मीबाट साथ मिल्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ।

वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।

मिथुन : यात्रा कष्टकर बन्नसक्छ। मानसिक रुपमा मन शान्त बन्नेछ। व्यापारमा घाटा हुने खतरा छ। संकटको समयमा परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : मन शान्त र निराश हुने जोखिम छ। पारिवारिक कारणले मनमा चिन्ता बढ्नेछ। साना कुरामा विवाद गर्नु भन्दा आफ्नो काम थोरै बोलेर गर्नु राम्रो हुनेछ। शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ।

सिंह : लगानीका क्षेत्रबाट लाभ हुनेछ। राम्रो बनेर हिड्ने रहर हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। छोटो दूरीको यात्रा तय हुनेछ।

कन्या : आज मानसिक असन्तोष बढ्ने जोखिम रहेको छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। काममा अवरोध हुने सम्भावना छ। आज ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ। शिक्षामा अल्छीपन बाधक बन्नसक्छ।

तुला : चन्द्रमाले राम्रो साथ दिएका छन्। सोचेर गरेको काम सहज बन्नेछ। साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ।

वृश्चिक : दिन सुखमय बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ।

धनु : थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। दैनिकी शान्तसँग बित्नेछ। दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सोचेका काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ। परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्।

कुम्भ : मानसिक चिन्ता बढ्ने जोखिम छ। व्यवसायमा गरेको खर्च डुब्ने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। राज्यको माथिल्लो निकायबाट भय र त्रास बढ्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ।

मीन : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट