काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।
शनिवार काठमाडौंमा पिएल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उजले यस्तो बताएका हुन् । उनले पिएल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए । स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गरेको बताए । उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए ।
उनले स्व. सिंहले देखाएको बाटोमा हिँड्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेलेको भुमिका अविष्मरणीय रहेको बताए । उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताए । कन्भिन्सिङ पावर मोडलको रुपमा स्व।सिंहलाई लिन सकिने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेको भन्दै उनको स्मरण गरे । उनले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व. सिंहको जीवनीबाट सिक्न सकिने बताए ।
मन्त्री पौडेलले पिएल सिंहले नेपाली कांग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताए ।