काठमाडौं । रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरु मनोनित गरेको छ ।
काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनित गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले केन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनित गरिएको बताए । पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समिक्षा प्रस्तुत गरेको जानकारी दिए । पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठक आगामी पुस १९,२० र २१ गते बस्ने बताए ।