बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपाल संस्कृति र सभ्यताको देश हो : प्रधानमन्त्री ओली

नेपाल संस्कृति र सभ्यताको देश हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताए ।

उनले हजारौँ वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताए । उनले नेपाल संस्कृति, सभ्यताको देश भएको बताए । उनले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताए ।

उनले भने, ‘हाम्रा चाडहरु, हाम्रा संस्कृतिहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरु, मन्दिरका शैलीहरु, विभिन्न प्रकारका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै इतिहास छ । हजारौँ वर्ष अघिदेखि हाम्रा कलाहरु स्थापित र प्रचलित छन् । विभिन्न देशबाट कला सिक्न मानिसहरु आउने गरेका छन् । यो कलाहरुको देश हो ।

संस्कृतिको देश हो । यो सभ्यताको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएका छन्, समृद्ध ढंगले विकास भएका छन् । वाद्यवादन धुन आफ्नै मौलिकताका छन् ।’

प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend