मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

सभामुख घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् । उनी नेकपा (एमाले) निकट हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । सो पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend